images
images
images

सिजन खुलेपछि मनास्लु शिखरमा आरोहीहरूको लर्को

गोरखा, ८ असोज – सिजन सुरू भएसँगै मनास्लु हिमालमा आरोहीको भीड लागेको छ। अहिले दुईसय भन्दा धेरै आरोही आरोहणको क्रममा बाटोमा रहेको आरोही नाङ्सल छोदेन लामाले जानकारी दिइन् ।

null

‘हिमाल चढ्ने बाटोमा दुईसय भन्दा धेरै आरोहीको ट्राफिक जाम छ,’ उनले भनिन्, ‘सोमबार र मंगलबार केहीले आरोहण गरे । अझै ठूलो भीड छ ।’

८,१६३ मिटर अग्लो मनास्लु हिमाल चुमनुब्री गाउँपालिका वडा नं. १ मा पर्दछ । यो सिजनमा नेपालमै सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गर्दछन् । सोमबार सेभेन सम्मिट कम्पनीबाट गएका ३४ जनाले सफल आरोहण गरेका छन् । त्यस्तै पायोनियर, इलाइट लगायतका कम्पनीबाट गएका आरोहीहरुले सफल आरोहण गरेका छन् ।

null