images
images
images

टेलिकमको नेटवर्कमा मध्यरातदेखि समस्या, कयौं फोन वान–वे

काठमाडौं– नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ।

टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ।

नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ। त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन्।

समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रव्निद्र मानन्धरले बताए। उनले भने, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो। अहिले समस्या समाधान भइसकेको छ। थप काम भइरहेको छ।’