images
images
images

पुनर्निर्माण कोषमा योगदान गर्न ऊर्जामन्त्री कुलमानको आह्वान

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् ।

सरकारले बुधवार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समितिसमेत गठन गरिसकेको छ ।

समितिले पुनर्निर्माण कार्य योजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठुलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए ।