images
images
images

फ्लडलाइट जडान गरेर पन्छाइँदै तुइनखोलाको पहिरो

काठमाडौँ – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखाेला पुलनजिकै खसेको पहिरो पन्छाउने कार्य अहिले पनि जारी छ।

अध्याँरो भइसके पनि फ्लडलाइट जडान गरेर पहिरो पन्छाउने काम नरन्तर भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सडक डिभिजनले पहिरो पन्छाउने कार्य निरन्तर चलिरहेको र कुनै बाधा नआएमा सम्भवतः आज रातिसम्ममा सडक पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरेको छ।

मंगलबार दिउँसो गएको पहिरोका कारण सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।