images
images

शिक्षामन्त्री पुनले दिए सिटिइभिटीलाई चार निर्देशन

काठमाडौं-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई तत्काल कार्यान्वयन गर्नका लागि चारवटा निर्देशन दिएका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत सिटिइभिटीलाई तत्काल कार्यान्वयन गर्न भन्दै चारवटा निर्देशन दिएका हुन।

उनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेश गर्न निर्देशन दिएका छन्।

त्यस्तै, उनले एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न सिटिइभिटीलाई भनेका छन्।

उनले सिटिइभिटी कार्यालयमा विद्यार्थी, अभिभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण र सम्बोधन गर्ने शाखा तुरुन्त बनाई सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका छन्।

त्यस्तै, शिक्षामन्त्री पुनले ०६९ सालदेखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरू छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने/नदिने निर्णय तुरुन्त गर्न समेत निर्देशन दिएका छन्।