images
images
images

नेपाल प्रहरीमा खुल्यो १६ सय जनाका लागि जागिर

काठमाडौँ – नेपाल प्रहरीले करिब एक हजार ६०० सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरीले शुक्रबार सूचना निकालेर एक हजार ५५३ प्रहरी जवान, कार्यालय सहयोगीतर्फ११ हजाम, १५ कुचीकार र १५ खेलाडी गरी १५९४ जनाका लागि दरखास्त आह्वान गरेको हो।

 

प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न मात्र जाने पुग्नेछ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ।

dddddddddddddddddfg_HjQLoxQEmb-1758855430.jpg