images
images
images

अर्थमन्त्रालयमा सबै काम डिजिटल प्रणालीबाट हुने

काठमाडौ – अर्थमन्त्रालयमा आजबाट (शुक्रबार)  सबै टिप्पणी तथा निर्णय प्रक्रियाहरू डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका छन् । मन्त्रालयका कामलाई छिटोछरितो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रिया नभई डिजिटल प्रणालीमार्फत गरिने जानकारी दिएका छन् ।

जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले प्रविधिको प्रयोगमा अगाडी रहेका जेनजी पुस्तालाई सहजिकरण हुने गरी निर्णय गरेका छन् ।