काठमाडौँ – नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन् ।
काठमाडौँको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनेका छन्, ‘राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेन जेड होइनन् त्यसैले त्यो पूरा हुँदैन ।’
पोख्रेलले पनि अध्यक्ष ‘प्रचण्ड’कै प्रस्ताव अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । ‘प्रचण्ड’लाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने प्रस्तावमा समर्थन जनाएका छन् ।
पोख्रेल अगाडि बोल्ने अधिकांश नेताहरूले प्रचण्डको प्रस्तावमा समर्थन जनाएका छन् ।
माओवादी केन्द्रका सचिव राम कार्कीले भने अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् ।










