काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसहित सबै पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाउने प्रस्ताव गरेका छन्। उक्त प्रस्ताव माओवादी केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ।
जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार जवाफ दिँदै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्। उनकाे यो प्रस्ताव केन्द्रीय कमिटीको निर्णयमा पनि समावेश छ।
नेकपा (माओवादी केन्द्र) को सातौँ पूर्ण बैठकले केन्द्रीय समिति ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ।
पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ।
पार्टीको आगामी महाधिवेशन मंसिरमा गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, ‘नेपोटिज्म’बारे कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने निर्णय माओवादीले गरेको छ।
त्यस्तै, संस्कार, कार्यशैली र चालचलन सम्बन्धि नीति बनाउने निर्णय पनि बैठकले गरेको छ।
जेनजीलाई पार्टीका सबै कमिटीमामा अधिकतम सहभागि गर्ने तथा युवाहरूलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।
आइटीलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गर्दै वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई समेट्ने तथा महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय पनि माओवादी बैठकले गरेको छ।










