images
images
images

एमाले नेता महेश बस्नेतमाथि अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार

काठमाडौं-  नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन भनेको छ।

काठमाडौँका जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले साइबर ब्युरोलाई पत्र लेखेका हुन्। गत असोज ५ गते जिल्ला न्यायाधिवक्ता अधिकारीले साइबर ब्युरोलाई लेखेको पत्र हालै सार्वजनिक भएको हो।

पत्रमा शोभा पाठक भनिने जानुका पाठकले दिएको जाहेरीको आधारमा बस्नेतमाथि अनुसन्धान अगाडि बढाउन प्रहरीलाई भनेको छ।

पत्रमा ‘..प्रतिवादी महेश बस्नेतले आफ्नो फेसबुक वालमा नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिडिरहेको छ भन्दै अमूर्त ढंगले अमर्यादित ‘भालु’ शब्द विद्युतीय साधनको प्रयोग गरी गाली बेइज्जती गरेको देखिँदा उक्त शब्द कसलाई, कुन प्रयोजनका लागि पोष्ट गरेको हो ? प्रतिवादीबाट कागज गराई खुलाउन लगाउने’ भनिएको छ।