काठमाडौं – दशैंको टीका नजिकिएसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ।
घटस्थापनादेखि हालसम्म ५ लाख ५३ हजार २ सय ६१ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको नेपाल प्रहरीको तथ्यांक छ।
यो आज बिहान ६ बजेसम्मको नेपाल प्रहरीको तथ्यांक हो। हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ८५ हजार २ सय चौरासी यात्रुले विभिन्न नाकाबाट काठमाडौं छाडेका छन्।
यही अवधिमा १७ हजार दुई सवारी बाहिरिएको काठमाडौं उपत्यका ट्राफिकका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
हेर्नुस् प्रहरीको तथ्याङ्क











