images
images
images

महरा, घर्ती र तिमल्सिनाले फिर्ता गरे सरकारी गाडी

काठमाडौँ – पूर्वसभामुख गृष्णबाहदुर महरा, ओनसरी घर्ती र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरेका छन्।

पूर्वविष्ट पदाधिकारीका रुपमा उनीहरूले सरकारी गाडी प्रयोग गर्दै आइरहेका थिए। तर जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वविशष्टहरूले पाउने सेवा सुविधा रोकेपछि उनीहरूले प्रयोग गर्दै आइरहेको सरकारकी गाडी फिर्ता गरेका हुन्।

मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत गाडी फिर्ता आएको जानकारी दिए। महरा र घर्ती नेकपा माओवादी केन्द्रका नेता हुन् भने तिमिल्सिना नेकपा एमालेका नेता हुन्।