काठमाडौं । अविरल वर्षा र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । पहिरो गएपछि सवारी साधन सुरक्षित स्थानमा सडकमै होल्ड गरिएका छन् ।
यस्तै अविरल वर्षाका कारण बाढी र पहिरोको पूर्वानुमान रहेकाले सवारी साधन सुरक्षित स्थानमा रोकिएको छ ।
बिहान ७ बजेबाट काठमाडौंको थानकोट हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने तथा नागढुंगा गोदाम हुँदै टखेल जाने सडकखण्ड अर्को सूचना नआउँदासम्मको लागि दुवैतर्फका सवारी साधन होल्ड गरीएको प्रहरीले जनाएको छ ।
बीपी र अरनिको राजमार्गमा पनि सवारी साधन होल्ड गरिएको छ ।
बिहान साढे ८ बजेबाट काभ्रेअन्तर्गत बीपी र अरनिको राजमार्गमा अविरल वर्षाका कारण धुलिखेलदेखि दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुवैतर्फ सवारी साधन अनिश्चित समयको लागि होल्ड गरिएको प्रहरीले जनाएको छ ।










