काठमाडौं – काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका ३ सय ९३ जनालाई सुरक्षित स्थानमा सारेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३ सय ९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो।
शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका ३ सय ९३ जनालाई चारवटा विद्यालयमा सारिएको जानकारी दिए।










