images
images
images

“बाढी, पहिरो र डुबान: लोकतान्त्रिक पत्रकार संघद्वारा सक्दो सहयोगको अपिल”

काठमाडौं, १८ असोज – देशभर विभिन्न स्थानहरूमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनिरहेका बेला लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले संगठनका सबै सदस्यहरूलाई जहाँ भए पनि सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ ।

 

अध्यक्ष वर्माले यो घडीलाई “आफतको समय” भन्दै सबै पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई मानवीय भावनाका साथ पीडितहरूलाई सहयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभयो, “यस्तो संकटमा सबैले जहाँबाट जसरी सकिन्छ, त्यहीँबाट सहयोग गर्नुपर्छ।”

 

देशका विभिन्न भागहरूमा पहिरो जाँदा घर, बाटो क्षतिग्रस्त भएका छन् भने केही स्थानमा बाढी पस्दा मानिसहरू विस्थापित भएका छन् । कतिपय क्षेत्र डुबानमा परेका छन् जसका कारण जनजीवन अस्तव्यस्त भएको छ । नेपाल सरकारले आईतवार र साेमवार सार्वजनिक विदा समेत दिएको छ ।

 

संघले आपतकालीन सूचना संकलन, सत्य तथ्यमा आधारित समाचार प्रकाशन, र पीडित क्षेत्रमा आवश्यक जानकारी प्रवाहमा पत्रकारहरूलाई सक्रिय रहन आग्रह गरेको छ ।