images
images
images

भिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू

काठमाडौँ -संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ ।

जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो, दोस्रो र तेस्रो र साथी (नन-रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान्/श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत युएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार युएई दिराम तलब हुनुपर्नेछ ।

त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपू, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ ।

भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ ।

युएईले भिजिट भिसामा साथी वा आफन्तलाई प्रायोजन गर्नुअघि प्रायोजकको आम्दानीसँग जोडिएको हो । न्यूनतम तलब पुरा गर्न सक्नेले आफन्त वा साथीहरूलाई भिजिट भिसामार्फत युएईमा ल्याउन सक्ने व्यवस्था गरिएको हो ।

युएईको संघीय प्राधिकरण (आईसीपी) ले पहिचान र नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाको लागि आय अनिवार्य गरेको हो । भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ ।

आवेदनकर्ताहरूले कम्तीमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपर्नेछ ।

उक्त प्रावधानले पारदर्शिता बढाउने, आर्थिक विविधीकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई युएईमा आकर्षित गर्ने उद्देश्य आईसीपीले राखेको छ ।