images
images
images

ट्रेकिङ जाँदा लाङटाङमा फसेका १२ जनालाई स्याफ्रुबेँसी ल्याइयो

लाङटाङमा ट्रेकिङ जाँदा अविरल वर्षाका कारण फसेका १२ जनालाई उद्धार गरी स्याफ्रुबेँसी ल्याइएको छ ।

आज मौसम खुलेपछि उनीहरूलाई उद्धार गरी स्याफ्रुबेँसी ल्याएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

१६ जनाको टोली घुम्न गएकोमा गत शनिबार चार जना बेरिङ खोलामा बेपत्ता भएका थिए भने, १२ जना फसेका थिए । उनीहरूलाई आज उद्धार गरिएको हो । बेपत्ताको खोजी कार्य जारी रहेको शाहीले जानकारी दिए ।

उनी सरकारले खराब मौसमबारे जानकारी दिँदा दिँदै पनि आफूखुसी ट्रेकिङमा गएको खुलेको छ ।