images
images
images

निर्वाचनबारे छलफल गर्न दलहरूलाई पत्राचार

काठमाडौँ  -आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आयोगले यही असोज ३० गते राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।

आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई पत्राचार गरिएको छ ।

आयोगले यसअघि असोज २० गते निर्वाचनको प्रारम्भिक कार्यतालिका सार्वजनिक गरे पनि त्यो तालिका आन्तरिक योजनाको लागि मात्र भएको र चुनावी कार्यक्रम लगायतका महत्त्वपूर्ण निर्णय राजनीतिक दलसँगको छलफलपछि लिइने आयुक्त डा तुलाधरले बताइन्।

निर्वाचनको कार्यतालिका, व्यवस्थापन र अन्य महत्त्वपूर्ण विषयमा दलहरूसँग व्यापक छलफल गरी आगामी निर्वाचनको तयारीलाई थप सशक्त र व्यवस्थित बनाउनका लागि बैठकको आयोजना गरिएको आयोगले जनाएको छ ।