images
images
images

कर्मचारीहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्न मन्त्रालयको अनुरोध

काठमाडौँ  -निजामती सेवा र स्वास्थ्य सेवा तर्फका कर्मचारीहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै फारामहरू पूर्ण रूपमा जलेर नष्ट भएको हुँदा कर्मचारीहरूलाई पुनः भर्न अनुरोध गरेको हो।

मन्त्रालयमा प्राप्त भएका सबै आ.व.का मूल्याङ्कन फाराम र मूल्याङ्कन प्रक्रियामा रहेका फारामहरू पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसै क्रममा, मन्त्रिपरिषद्को असोज ५ को निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज १२ को पत्रानुसार, निजामती सेवा र स्वास्थ्य सेवा तर्फका कर्मचारीहरूले आ.व. २०७९/८०, २०८०/८१ र २०८१/८२ सम्मको कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्ने पनि मन्त्रालयले भनेको छ ।

कर्मचारीहरूले असोज २८ भित्र पाँच आ.व.का मूल्याङ्कन फाराम पुनः दर्ता गराई, त्यसको सात दिनभित्र सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्याङ्कन गराउनु पर्नेछ। मूल्याङ्कन प्रक्रिया निजामती सेवा नियमावली, २०५० र स्वास्थ्य सेवा नियमावलीको अनुसूची अनुसार सम्पन्न गरी मन्त्रालयमा उपलब्ध गराउनुपर्ने मन्त्रालयको अनुरोध छ।