images
images
images

प्रधानमन्त्री र मन्त्रीहरु आफ्नैबाट सम्पत्ति छानबिन सुरु गर्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं – धरानका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुलाई नै आफ्नो सम्पत्ति छानबिन सुरु गर्न भनेका छन् । उनले सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै यस्तो सुझाव दिएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–‘सम्पत्ति छानबिन सुरु गर्नुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरु आफ्नैबाट सुरु गरेर अरु सबैको सुरु गर्नुपर्छ । अप्ठ्यारो लाग्छ भने हर्क साम्पाङकैबाट सुरु गर्दा नि हुन्छ । अनि प्रधानमन्त्रीको र क्रमशः..।’

सम्पत्ति शुद्धीकरण विभागले नेताहरुको सम्पत्ति छानबिन अघि बढाएको र उनीहरुको नातेदारसमेत निगरानीमा रहेको समाचार आएको बेलामा मेयर साम्पाङको यस्तो टिप्पणी आएको हो ।