images
images
images

सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ । बुधबार (असोज २२) एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी २५ करोडको सीमा हटाएको हो ।

यसअघि मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम थियो ।

पुँजीबजार सुधारका लागि बनेको कार्यदलले पनि यो सीमा हटाउन सुझाव दिएको थियो । सेयर लगानीकर्ताले पनि यो सीमा हटाउन दबाब दिँदै अएका थिए ।

fbn-1759935293.JPG