काठमाडौं- काठमाडौंको माइतीघर मण्डलाबाट डा.निकोलस भुसाल पक्राउ परेका छन् । आज (बिहीबार) प्रहरीले डा.भुसालसहित ३ जनालाई पक्राउ गरेको हो ।
डा.भुसाल नेतृत्वको समूह शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै माइतीघरमा जम्मा भएको थियो । पक्राउ परेका डा.भुसालसहित ३ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको
बताइएको छ ।










