काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी जाँचबुझ गर्न कार्की आयोगले अस्वीकार गरेको छ ।
बिहीबार आयोगका प्रवक्ता विज्ञानराज शर्माले प्रेस विज्ञप्ति जारी गर्दै सो जाहेरी आयोगको कार्यक्षेत्रभित्र नपर्ने बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारले यस आयोगलाई भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्ने, क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र आवश्यक राय सुझाव प्रदान गर्ने अधिकार मात्र दिएको छ ।”
आयोगले फौजदारी अपराधको विस्तृत अनुसन्धान, तहकिकात र अभियोजन लगाउने कार्य आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने स्पष्ट पारेको छ । जाहेरी आयोगले जिल्ला प्रहरी परिसर काठमाडौँलाई फिर्ता पठाएको जनाएको छ । जिल्ला प्रहरी परिसरले ओली र लेखकविरुद्धको जाहेरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको थियो ।
उक्त जाहेरी जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिसँग सम्बन्धित रहेको बताइएको छ ।
.png)
.png)










