काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका उत्तरपुस्तिका भएका विद्यार्थीलाई पुनः परीक्षा दिने निर्णय गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार तीन परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीका उत्तरपुस्तिका जलेका थिए।
ती उत्तरपुस्तिका व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र र शिक्षाशास्त्र संकाय अन्तर्गत सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक तथा मौका परीक्षाका थिए।
गत भदौ २२ र २३ गतेका परीक्षाका उत्तरपुस्तिका सुरक्षाका लागि नजिकैको प्रहरी चौकीमा राखिएको थियो। तर आन्दोलनका क्रममा चौकीमा आगजनी हुँदा ती उत्तरपुस्तिका समेत जलेका थिए।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गतेको बैठकले ती परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो। सम्बन्धित परीक्षा केन्द्र र क्याम्पसमार्फत विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने जानकारी दिइने बल्खुले जनाएको छ।










