images
images
images

सर्वदलीय बैठकपछि सञ्चारमन्त्री खरेलः निर्वाचनको माहोल बन्यो

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जीका महत्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन्।

राष्ट्रपति भवन शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।  उनले राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए।

निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको उनको भनाइ थियो। सुरक्षा निकायहरुले पनि सुरक्षाकर्मीको मनाबेल नघटेको बताएको उनले जानकारी दिए।

सुरक्षा निकाय उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेको बताउँदै मुलुक संवादहिनताको दिशामा अघि बढेको र निर्वाचनको माहोल बनेको उनले बताए। देश, जनता र राजनीतिक दल र जेन–जीको साथ सबै निर्वाचनको बाटोमा अघि बढेको उनले बताए।