काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सारिएको छ । आज गर्ने भनिएको छलफल सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो ।
राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजीका अगुवाहरू बीचमा छलफल गर्ने गरी आज शीतल निवास बोलाइएको थियो । शीतल निवासमा प्रवेश नपाएको भनी केही जेनजीले गेटबाहिर विरोध गरेका थिए ।










