काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन पछि सरेको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन परामर्श समितिको बैठकले असोज २६ गतेका लागि बोलाइएको बैठक दुई दिन पछि सारेर असोज २८ गतेबाट बस्ने निर्णय गरेको हो।
त्यस्तै, बैठकमा अधिवेशन विधि, प्रक्रियासम्मत गर्नेबारे पनि छलफल भएको छ। साथै प्रतिनिधि सभाको निर्वाचन र संसद् पुनःस्थापनाको विषयमा छलफल भएको प्रवक्ता प्रकाश शरण महतले बताए।
उनले कार्य सम्पादन समितिको बैठक आइतबार पनि बस्ने र केन्द्रीय समितिका एजेण्डाबारे छलफल गर्ने बताए।










