काठमाडौं – हालै सार्वजनिक भएको नयाँ सूचनामा, गाजामा हमासद्वारा अपहरण गरिएका बन्धकहरूमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ। तीमध्ये एक नेपाली विद्यार्थी विपिन जोशी पनि छन्।
वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समेत समावेश गरिएको छ।
यसअघि सीएनएनले प्रकाशित गरेको प्रतिवेदनमा भने केवल २० जना बन्धक जीवित रहेको उल्लेख गरिएको थियो र नेपाली विद्यार्थी विपिनको अवस्थाबारे कुनै निश्चित जानकारी नदिइएको थियो।
यो नयाँ सूचीसँगै विपिनको जीवित अवस्थाको सम्भावनाले आशा पलाएको छ।










