images
images
images

एमाले सचिवालय बैठक जारी

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

आइतबार बिहान गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक सुरु भएको हो ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएपछि आइतबारलाई सारिएको थियो ।

बैठकमा केन्द्रीय कमिटीको एजेण्डा, विशेष महाधिवेशन, पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।