images
images
images

प्रमुख प्रशासकीय अधिकृत र विज्ञापन कम्पनीका सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थ, लेखापाल यादव, रौतहट एडभरटाइजिङ्ग एजेन्सी प्रा.लि. तथा उक्त कम्पनीका सञ्‍चालक अध्यक्ष अजित कुमार कर्णविरुद्ध अख्यिारले मुद्दा दागर गरेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आह्वान गरिएको ठेक्का नंं MNM/Works/2/077/078 को बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

अख्तियारले जनही दुई लाख ५७ हजार ९ सय ७० विगो, बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असूल र ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद माग दाबी गरेको छ ।