काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रिय सभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।
सिंहदरवारबाट बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद भवन ध्वस्त भएको छ । हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले बताए ।
त्यस्तै प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभामा रहेका विधेयकहरूका बारेमा समेत छलफल भएको छ ।
प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको दाहालले बताए ।










