काठमाडौं – जेन-जी आन्दोलनका क्रममा टिओबी (तिब्बतियन ओरिजनल ब्लड) लेखेको टिसर्ट लगाएर पेस्तोल बोकेको युवकको प्रहरीले समेत खोजी सुरु गरेको छ । केही दिनदेखि टीओबी लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर भाइरल भईरहेको छ ।
ती व्यक्तिहरुले भिडलाई उक्साउन खोजेको देखिने थुप्रै फोटो र भिडिओहरू सार्वजनिक भएपछि काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको र छिट्टै पक्राउ गरिने बताए ।
तस्बिरमा बिजुलीबजार पुलजस्तो देखिने स्थानमा टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि भागमा पेस्तोल घुसारिरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ । यो तस्बिर सक्कली भएको आँकलन प्रहरीले प्रारम्भिकरूपमा गरेको छ ।










