images
images
images

रौतहटको गौरमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

रौतहट – रौतहटको गौर नगरपालिका गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा रहेका छन् ।

उनीहरु गौरतर्फ घाँस लिन आउँदै गर्दा बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।