images
images
images

नेविसंघले भन्यो– ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याऊ

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी ओली र लेखकले पनि लिनुपर्ने भएकाले उनीहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

तर, “…त्यो छानबिनको दायरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि आउनुपर्छ । उहाँले सिंहदरबार जलाउनुपर्छ भनेर युवाहरूको माइन्डसेट गर्नुभएको थियो । उहाँले सेप्टेम्बर ८ को आन्दोलनको आह्वान गर्नुभएको थियो । जसले यो आन्दोलनको लिडर भनिरहनुभएको छ । उहाँहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ हो,” उनले भने ।

नेविसंघले भोलिदेखि जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

– न्युज एजेन्सी नेपालबाट ।