images
images
images

पूर्वसभामुख महराविरूद्धको अभियोगपत्र जिल्ला अदालत काठमाडौँमा पेस

काठमाडौँ – पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र पेस गरेको छ ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारेको अभियोगपत्र अदालतमा पेस गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी शर्मा काफ्लेले बताए ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई पनि अदालतमा उपस्थित गराएको छ ।

महरालाई प्रहरीको आइतबार पक्राउ गरेको थियो ।