images
images
images

फुट्यो सीके राउतको पार्टी, दर्ता गरिँदै ‘जनस्वराज’ (हस्ताक्षरकर्ताको सूचीसहित)

काठमाडौं – सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ । पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपककुमार साह २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

गत साउन २२ गते जनमतले साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । उनीमाथि पार्टी हितविपरीत काम गरेको कारण देखाएर कारबाही गरिएको थियो ।

तर, जनमतले उनलाई कारबाही गरिएको विषय आयोगमा अद्यावधिक गरेको थिएन । अद्यावधिक नभएकै कारण विभाजनको मान्यता पाएर दल दर्ता हुने सम्भावना रहेको स्रोतले जनाएको छ । पार्टीको नाम जनस्वराज राखिएको छ ।

साहले आइतबार नै दल दर्ताको निवेदन दिएका थिए । आयोगले आज निर्णय गर्ने तयारी गरेको छ ।

साहको पक्षमा सुरज सिंह, सुरेन्द्रनारायण यादव, शम्भुनाथ साह, हेमलता देवी, सुनिल कुमार यादव, सञ्जय यादव, नरेश कुशवाहा, राजेन्द्र रायले हस्ताक्षर गरेका छन् ।

यस्तै, भवानी महतो, नसिमुन जहाँ शेष, करयाही देवी, मदनेश चौधरी, योगेन्द्र चौधरी, जुलेखा बिबी, सञ्जय कुमार, सरोज कुमार साह, अमिरी बाबु साह, पुनम देवी, प्रदुम्न चौधरी, पार्वती चौधरी, वीरेन्द्र साह सोनार, राम प्रवेश साह सोनार, अशोक कुमार यादव, सुनिता कुमारी यादवले हस्ताक्षर गरेका छन् ।