images
images
images

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाले जनाएको छ ।

टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको मन्त्रालयको भनाई छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।