images
images
images

प्रतिनिधिसभा विघटन असंवैधानिक : देउवा (पूर्णपाठ)

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जेनजी’ प्रदर्शनपछि गरिएको प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ भनेका छन् । मंगलबार (असोज २८) सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले प्रतिनिधिसभा विघटन अलोतान्त्रिक भएको समेत जनाए ।

“संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ,” सभापति देउवाले भने ।

देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकताबद्ध, संगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अरू राजनीतिक दलसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको उनले औँल्याएका छन् ।

बैठकमा देउवाको सम्बोधनको पूर्णपाठ पढ्नोस्–