images
images
images

गणेश साहले छाडे माओवादी केन्द्र

काठमाडौं – नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश साहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्।

हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै उनले आफूले पार्टी छाडेको घोषणा गरेका हुन्। उनले माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन्।

उनले अब कुनै पार्टीमा नलाग्ने भन्दै सामाजिक कार्यमा लाग्ने बताए। माओवादीले पदाधिकारी र केन्द्रीय कमिटी विघटन गर्दै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।