काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्ने बताइएको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। साथै, केही राजदूत नियुक्तिसम्बन्धी निर्णय पनि हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार दर्जनजति देशका राजदूतहरू फिर्ता बोलाउने र नयाँ राजदूतहरूको नियुक्ति गर्ने तयारी रहेको छ ।










