जनकपुरधाम- मधेस प्रदेशका नव नियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।
बुधबार पाँच दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोनलको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी रहेको छ।










