images
images
images

बैशाखमा निर्वाचन सार्ने तयारी

काठमाडौं– अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन बैशाखमा सार्ने तयारी गरेको छ ।

विभिन्न आयोगकहरुमा नियुक्ति नभएको र साथै दलहरुसँग पनि गहन छलफल नभएका कारण तोकिएको मितिमा निर्वाचन हुन नसक्ने भएकाले सरकारले चुनाव बैशाखमा सार्ने तयारी गरेको हो ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार फागुनमा तोकिए पनि निर्वाचनका लागि आवश्यक तयारीहरु नपुग्ने भएका कारण बैशाखमा सार्ने निष्कर्षमा सरकार पुगेको स्रोतले बतायो । सोही अनुसार सरकारले निर्वाचन आयोगसँग पनि अनौपचारिक छलफल गरेको छ ।

यता निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगले दलहरुसँग आज छलफल गर्दैछ । प्रमुख दलहरु प्रतिनिधि विघटनविरुद्ध गइरहेको र सरकारले निर्वाचनका लागि तयारी गरिरहेका बेला निर्वाचन आयोगले दलहरुसँग छलफल थालेको हो ।