काठमाडौं- यातायात व्यवस्था विभागले करारमा काम गरिरहेका २६ जना कर्मचारीलाई निकालेको छ।
विभागमा करारमा रहेका २८ मध्ये २६ कर्मचारीलाई निकालिएको थियो।
विभागका महानिर्देशकका सवारी चालक महोन मगर र कार्यालय सहयोगी निर्मला चौधरीबाहेक सबैको जागिर खोसिएको हो।
संघीय सरकारले खर्च कटौती गर्न भन्दै शिक्षकबाहेक सबै करार कर्मचारी कटौती गर्ने भनेको थियो। सोहीअनुसार विभागमा २६ कर्मचारीले पनि बिदा पाएका हुन्।
विभागीय प्रमुख स्तरीय निर्णय अनुसार उनीहरुलाई हटाइएको हो।
‘अर्को आदेश वा व्यवस्था नभएसम्म तपाईँसँग गरिएको व्यक्तिगत करार सम्झौता मिति कार्त्तिक १ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको गरिएको छ, करारमा काम गरिरहेका कर्मचारीलाई कामबाट हटाएको पत्रमा उल्लेख छ।










