images
images
images

प्रदेशमा शान्ति र सुरक्षाका लागि मुख्यमन्त्री सोनलको निर्देशन

जनकपुरधाम -प्रदेशका मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले प्रदेश सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा व्यवस्थासम्बन्धी महत्वपूर्ण छलफल गर्नुभएको छ। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँगै प्रदेश सरकारका प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू पनि उपस्थित रहेका थिए।

मुख्यमन्त्री सोनलले प्रदेशमा शान्ति, स्थायित्व र नागरिकमा सुरक्षाको अनुभूति हुने वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको छ। उहाँले जनतालाई छिटो, छरितो र पारदर्शी सेवा प्रदान गर्न सम्बन्धित निकायहरूलाई आह्वान गर्दै प्रशासनिक कार्यसम्पादनमा उत्तरदायित्व र जवाफदेहिताको भावना अपनाउन आग्रह गर्नुभयो।

उक्त बैठकमा माननीय मन्त्री महेश यादव र माननीय मन्त्री कनिश पटेलको समेत उपस्थिति रहेको थियो। मुख्यमन्त्री सोनलले बैठकमा प्रदेश सरकारको प्राथमिकता शान्ति, सुरक्षा र जनसेवामा केन्द्रित हुने स्पष्ट पार्नुभएको छ।