images
images
images

जेनजी आन्दोलनपछि पहिलोपटक च्यासल जाँदै अध्यक्ष ओली

काठमाडौँ -जेन–जी आन्दोलनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय, च्यासल जाँदैछन्। एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा च्यासलमा चियापान कार्यक्रम तय गरिएको सचिव आरसी लामिछानेले जानकारी दिए।

उनका अनुसार कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ र त्यसमा अध्यक्ष ओली प्रमुख आतिथिको रूपमा सहभागी हुनेछन्।

जेन–जी आन्दोलनपछि एमाले नेतृत्वले च्यासलमा औपचारिक कार्यक्रम आयोजना गरेको यो पहिलोपटक हो।