काठमाडाैं -जेन—जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी घोषणा गरेका छन्। शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनितिक दल खोल्न लागेको घोषणा गरेका हुन्।
ढुंगानाले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरे। आफूहरूको बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नै नलिने उनले बताए।
प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरूको प्रमुख मुद्दा भएको ढुंगानाकाे भनाइ छ। उनले जेनजी अभियन्ताहरूलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको बताए।
ढुंगानाकाे भनाइ:–
बटमलाइन पूरा नभई हामी चुनावमा जान तयारी छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ ।
पार्टी खोल्नुको अर्थ चुनाव लड्न होइन । संगठित भएर अगाडी बढ्नलाई छरिएर नबसौँ, हुलमुलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो ।
भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुपर्यो । कि त मैले एनजीओ खोल्नुपर्यो देश विकासका लागि कि त राजनितिक दल खोल्नुपर्यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।
उनले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताएका छन्।










