images
images
images

फागुन २१ मा चुनाव हुनेवाला छैन:अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै नरहेको दाबी गरेका छन्। आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले दलहरूलाई चुनावमा भाग लिनै नदिन खोजेकोसमेत उनले बताए। ‘फागुन २१ मा चुनाव गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, अनि फागुन २१ मा चुनाव हुन्छ रे। यो चुनाव हुनेवाला छैन। त्यसैले हामीले संसद् पुनर्स्थापना भनेका हौँ।’ उनले भने,

सरकारले फागुन २१ मै चुनाव हुन्छ भनेर जनतालाई ढाटेको जिकिर गरे। शान्ति सुरक्षा कायम नभएसम्म चुनाव हुनै नसक्ने बताए। अपराधीहरू हतियारसहित फरार भएकाले जनताले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था रहेको बेलामा चुनावको कल्पना समेत गर्न नसकिने बताएका छन् ।

उनले भने ‘चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरूलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरूले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना ।

तसर्थ यस्ता परिकल्पना जनतालाई झोक्याउने, जनता ठग्ने मेलो मात्रै हो । वर्मामा ६ महिनामा चुनाव गराउँछु भनेको कति वर्ष भयो रु जेनजीको नाममा आन्दोलन गर्ने, जेनजीले नेपालमा के गर्याे ? जेनजी आमैलाई प्रधानमन्त्री बनायो । बङ्गलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भइन भनेर बेस्सरी नारा लगायो ।

बुढी भइन हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ का लाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई ।

याद रहोस्–मैले अस्ति नै भनेको थिए–यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौँ ? हामी त देश भित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि । जसरी होस् देश भित्रै बसेर सङ्घर्ष गरेर आएका शक्ति हो ।