images
images
images

देश बचाउन पद मात्रै होइन‚ बलिदान गर्न तयार छु : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बचाउन पद मात्रै होइन बलिदान तयार रहेको बताएका छन्।

 

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष पद आफ्ना लागि सामान्य भइसकेको दाबी गरे।

माओवादीमा प्रचण्डले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ। सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउन आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए। उनले अरूलाई पनि त्याग गर्न तयार रहन आग्रह गरे।

प्रचण्डले भने, ‘कतिपय मानिसले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड्। म पार्टी अध्यक्ष मात्रै होइन‚ बलिदान गर्न तयार छु। देश बच्न पर्‍यो‚ म जस्तोसुकै त्याग गर्न म तयार छु।’

उनले पार्टी कार्यकर्ताहरूलाई विचलित नहुन पनि आग्रह गरे।