काठमाडौँ – प्रहरीले गोरखा बजार क्षेत्रबाट २० केजी परिणामको पटकाजन्य पदार्थ बरामद गरेको छ ।
तिहार र छठ पर्वलाई लक्षित गरेर जिल्लाको शान्ति सुरक्षा कायम गर्न खटिएको प्रहरी टोलीले बजार क्षेत्रका विभिन्न स्थानमा जाँच तथा खानतलासीको क्रममा २० केजी पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पटकाजन्य सामग्री ओसारपसार, खरिद बिक्री गरेको भेटिए प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रहरीको चेतावनी छ ।










