images
images
images

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध प्रतिक्रियावादीले षडयन्त्र गरेको दाबी-संयोजक दाहाल

काठमाडौं -नेकपा (माओवादी केन्द्र) संयोजक पुष्पकमल दाहालले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध प्रतिक्रियावादीले षडयन्त्र गरेको दाबी गरेका छन् ।

माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले महाराको बचाउ गर्दै यस्तो भनेका हुन् ।

‘प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरे’ उनले भने ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा हाल थुनामा छन् । उनी यसअघि केपी ओली प्रधानमन्त्री हुँदा समेत पक्राउ परेका थिए ।

जेनजीका माग माओवादी एजेन्डा
दाहालले त्यसक्रममा जेनजी माग आफ्नै पार्टीको एजेन्डा भएको दाबी पनि गरे।

जेनजी आन्दोलनका माग पार्टीकै माग भएकाले आफूहरूले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहाना र भावनाअनुसार पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए।

‘परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ,’उनले भने।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए।

उनले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएको बताए ।

0
0
0